अधिकार छ भन्दैमा राज्य शक्तिको दुरुपयोग नगर्नु होला, निर्दोष फसाउन पाइन्नः प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार ११:३४:१४
१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारको बाटो स्पस्ट रहेको बताएका छन् । उनले जे सहित त्यसमा मात्रै सरकारको ध्यान केन्द्रित हुने र सरकारका मातहतका नियकायहरु पनि यही अनुसार लाग्नु पर्ने बताएका छन् । उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश नदिने बताए । सरकारले कसैलाई फसा भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात–रोटी खान्छ, घुस, पैसा खाँदैन ।’
ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए । उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ ।’ उनले पुरानो शैलीमा अपराध नियन्त्रण हुन नसक्ने समेत बताएका छन् । अपराध हुनै नदिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन ।’
उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुने समेत बताए । ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’ ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार