थाइल्यान्डबाट हुने भनिएको प्रधानमन्त्रीको विदेश भ्रमणमा ब्रेक, बिमस्टेक शिखर सम्मेलन स्थगित
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार १४:३३:१०
१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट हुने भनिए पनि छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि स्थगित भएको छ । यो सम्मेलन स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण पनि अन्योलमा परेको छ ।
नयाँ राजनीतिक उतारचढावपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने जनाएको छ । थाइल्यान्डको विदेशमन्त्रालयले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको हो ।
उक्त सम्मेलनमा भाग लिनको लागि नेपाल सरकार तयारी गरे पनि अब रोकिएको छ । प्रधानमन्त्री ओली चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा थिए । तर अब प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण संयुक्त राष्ट्र संघको ७९ औं महासभा हुने भएको छ । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा थालेका थिए ।
तर तेस्रोपटक तीन महिनामात्र प्रधानमन्त्री हुँदा भने उनले कुनै पनि मुलुकको भ्रमण गरेनन् । ओली पहिलो पटक २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रोपटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका शिखर सम्मेलनको नयाँ मिति भने फेरि सबै सदस्य मुलुकहरूसँग छलफल गरेर तय गरिनेछ । सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।
साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्योसँगै उक्त सम्मेलन गर्ने हुने वा नहुने भन्ने प्रश्न उठेको थियो । साउन ३२ मा ३७ वर्षीय पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार