टुंडिखेलमा आयोजित गौरा पर्वमा बालेन समर्थकको शीर्ष नेताविरुद्ध नाराबाजी, मञ्चबाटै गर्जिए देउवा
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार १६:५८:५५
१० भदौ, काठमाडौं । टुँडिखेलमा आयोजना गरिएको गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु विरुद्ध नाराबाजी भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहको नाम लिएर दर्शकको भीडबाट केही युवाहरुले शीर्ष नेताविरुद्ध नारा लगाए ।
गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो । सोमबार टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी थिए । उनीहरुलाई आयोजकले बोलाएका हुन् ।
कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरे । युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका थिए । नाराबाजी गरिरहेका युवाहरूले ’ढुंगा हान, बालेन’ लगायत शब्द उच्चारण गरेका थिए ।
नारावाजी भएपछि कांग्रेस सभापति देउवाले मञ्चबाटै गाली फर्काए । दर्शकदीर्घाबाट हो–हल्ला भएपछि गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै उनले असन्तुष्टि जनाए । उनले भने, ‘तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने ? । यही हो नेपालको चलन ? ।
धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्नुपर्ने देउवाले बताए । प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार