सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
भदौ १०, २०८१ सोमबार २२:०:३
१० भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् ।
“मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरीहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ”, उनले भनिन् ।
जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने विश्वास व्यक्त गरिन्। अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको अवधारणा (मोडल)लाई अगाडि बढाउनुपर्नेमा उनेले जोड दिइन् ।
“भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले, “जनप्रतिनिधिलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न पर्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार