गाई दुहुने मेसिन पाएपछि किसान खुसी
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १४:१९:९
११ भदौ, सुनसरी । इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा उनलाई ती गाई दुहुन निकै समस्या थियो । “एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ”, उनले भने ।
स्थानीय इनरवा नगरपालिकाले अन्य दुई जनासहित उनलाई पनि गाई दुहुने मेसिन प्रदान गरेपछि सहज भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रमा रहेका तीन जना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ ।
नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्य अन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिए । “गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो । हातले दुहुँदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ”, उनले भने ।
नगर पशु शाखा प्रमुख डा. राजकुमार यादवले समय लागत घटाउने, सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताए । मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताए । मेसिन पाएपछि विगतमा गाई दुहुँदा भोगेका समस्या समाधान गर्न सहज भएको उनी खुसी छन् । “केही दिनअघि मात्रै मेसिन पाएका छौँ । पहिले एउटा गाई दुहुन कम्तिमा २० मिनेट समय लाग्थ्यो, त्यसमा केही सहज भएको छ । गाई दुहुन लाग्ने समय बचत भएपछि थप अरु काम गर्न सहज हुने अपेक्षा छ”, कृषक यादवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार