भैरहवा भन्सारले समात्यो ट्रकसहित २१० बोरा चिनी
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार १०:५८:४
१३ भदौ, भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ । आईजीपी नै रुपन्देही आउने भएपछि केही दिन शान्त भएको तस्कर गतिविधि गएसँगै पुनः सुरु भएको छ ।
आईजीपी गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । हुनत भैरहवा भन्सार कार्यालय तस्करहरूको जंजिरलाई तोड्न प्रयासरत छ । नियमित रुपमा कार्यालयले संस्थागत तस्करी नियन्त्रणमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । भन्सार नेतृत्वले सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा अवैध वस्तु नियनत्रण गर्दै आएको छ । भन्सारलाई राष्ट्रिय अनुसन्धान र प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन ।
लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
बुधबार आइजीपीको सम्बोधनमा पनि सेटिङ भत्काउने, वर्षौ एउटै युनिटमा रहने प्रहरीलाई लखेट्ने, प्रहरीसँगै परिवारको बैंक खाता चेक गर्ने, ट्राफिक प्रहरीको कार्यमा शंका रहेको समेतको भाषण गर्दै रोक्न निर्देशन गरेका थिए ।
विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिव कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताए । नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रक को १९ लाख गरि १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिएपनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरि पोखरा लैजाँदै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ ।
सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिएपनि नेपालमा संस्थागत रुपमा तस्करीको गिरोह छ भन्ने भैरहवा भन्सारको पछिल्लो सफल अभियानले पुष्टि गरेको छ । सामान जति नियन्त्रणमा आएपनि तस्करहरू भने तस्करी गर्न रोकेका छैनन्, यसरी नरोकिनुमा ठूलो समूहको संलग्नता र सेटिङमै हुने गरेको देखिन्छ उनीहरूमा ठूलो आट छ । स्रोतका अनुसार आइजीपी रुपन्देही हुँदा केही समय तस्करी रोकिएको हो, त्यसपछि काम सुरु हुने तस्करहरू बताउँछन् ।
एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद गरेको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको छ, । विशेष सूचनालाई आधार बनाई भन्सारले स्रोत साधन र जनशक्ति अनुसार सक्रिय रुपमा निगरानी बढाउँदै रातदिनको गस्ती र सूचनाको सूक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको छ ।
पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउँछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याई वैध बनाउने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुला लोड भएको ट्रकमा १४ सय २० किलो गाँजा भेटियो
भदौ ६, २०८१ बिहिबार
गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ
साउन २४, २०८१ बिहिबार
चन्द्रनीगाहपुरमा स्कोर्पियो गाडीसहित अवैध काठ बरामद
साउन १८, २०८१ शुक्रबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
असोज १, २०८१ मंगलबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
असोज १, २०८१ मंगलबार
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
असोज १, २०८१ मंगलबार