सीमा क्षेत्रमा इमान्दारितापूर्वक काम गन सशस्त्रका महानिरीक्षक अर्यालको निर्देशन
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १२:५२:३
१४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । भाद्र १३ गते सशस्त्र प्रहरी बल, नेपाल नंं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी मातहत सीमामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुको निरीक्षण भ्रमणका क्रममा महाननिरीक्षक अर्यालले सो निर्देशन दिएका हुन् ।
सीमा सुरक्षामा खटिदा सशस्त्र प्रहरी कर्मचारीहरु विशेष चनाखो भई कार्य गर्न निर्देशन दिँदै उनले सीमामा हुने अबैध क्रियाकलापहरुलाई रोक्न तथा राजश्व संकलनमा समेत अहम भूमिका निर्वाह गर्दै उत्कृष्ट कार्य गर्न निर्देशन दिए । महानिरीक्षक अर्यालले झापा र मोरङका सीमा ईलाकामा तैनाथ विभिन्न युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न लोभलालच भन्दा माथि उठेर राष्ट्र र संगठनको शान, मान, प्रतिष्ठा र इज्जत बढाउनको लागि उत्कृष्ट तवरमा परिचालित रहन निर्देशन दिए ।
सोही अवसरमा महानिरीक्षक अर्यालले मेची भन्सार कार्यालय झापाका प्रमुख लगायत अन्य कर्मचारीहरुसँग राजश्व संकलन बृद्धिका विषयमा छलफल गरेका थिए । उनले चोरीनिकासी तथा पैठारी नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालयका कर्मचारी लगायत सम्बन्धित अन्य सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वय कायम राख्दै यसलाई अझै प्रभावकारी रुपमा कार्य गर्नुपर्ने बताए ।
यसैगरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाको समेत निरीक्षण गर्दै प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरु अनुशासनमा रही इमान्दारितापूर्वक देश र जनताको हितमा काम गर्नुपर्ने बताए । कार्यक्षेत्रमा खटिँदा बर्दिको आडमा हुने कुनैपनि गल्ति क्षम्य नहुने बताउँदै उनले असहज परिस्थितीमा स्थापना भएको फौजले असहज परिस्थितीमा नै कार्य गर्ने बताए ।
उनले जस्तोसुकै अवस्था र परिस्थितीमा पनि काम गर्नसक्छु भन्ने भावना लिएर अगाडी बढ्दै देश र जनताको सेवा र सुरक्षाको लागि सीमा ईलाकामा तैनाथ रहँदा राष्ट्र र संगठनको आवश्यकता र हितलाई ध्याँनमा राखि कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार