काठमाडौंबाट चढेर गएको हेलिकोप्टर बिग्रियो, अर्कोबाट फर्किए प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १५:५:५४
१४ भदौ, काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर काभ्रे पुगेर बिग्रिएको छ । उनी अर्को हेलिकोप्टर चढेर काठमाडौं फर्किएका छन् । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो ।
स्रोतका अनुसार उनी दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरबाट काभ्रे पुगेका थिए । तर, त्यो हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री लिन अर्को हेलिकप्टर पठाइएको थियो ।
विश्वविद्यालयको २९ औं दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी ओली लिन काठमाडौंबाट नेपाली सेनाको अर्को हेलिकप्टर गएको थियो । ओली धुलिखेलबाट फर्किसकेका छन् । हेलिकोप्टर भने मर्मत भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार