रुपन्देहीमा घटेन तस्करी, एक सातामै ६ सय ३० बोरा अबैध चिनी बरामद
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १५:२८:४४
१५ भदौ, भैरहवा । रुपन्देहीमा एक सातामै ३ ट्रक अवैध चिनी बरामद भएको छ । भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो । गत शनिबार लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रकसहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिए पनि चालक फरार भएका थिए ।
बुधवार पनि लुम्बिनी रोड अन्तर्गतकै वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा आयो । लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिव कुमार यादवललाई नियन्त्रणमा लिइयो । चामल लोड गरेको बताउने चालकले सामान चेक जाँच गर्दा नेपाली बोरामा चिनी रहेको थियो ।
यस्तै आज शनिबार पनि बिहान २१० बोरा चिनी अवैध चिनी ट्रक सहित बरामद भएको छ । बिहानको २ बजेको समयमा विशेष सूचनाको आधारमा भन्सार प्रमुख सहितको गस्ती टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १० मधुवनीबाट सो सामान बरामद भएको हो । बरामद सामान लैजाँदै गरेको अवस्थामा लुम्बिनी रोड अन्तर्गत पर्ने सो क्षेत्रबाट सशस्त्र प्रहरी बल डण्डाको सुरक्षामा नियन्त्रणमा लिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार लु २ ख ५३०५ नम्बरको ट्रकबाट नेपाली बोरामा लोड गरिएको अवस्थामा ७ लाख ८७ हजार ५ सय मूल्य बराबरको चिनी र ट्रक को १६ लाख मुल्यांकन गरि २३ लाख ८७ हजार ५ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिएको बताए ।
एक साता भित्रै बरामद भएको तीनवटै ट्रक सहितको चिनी उही प्रकृतिको ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको छ । ट्रकको क्षमता १० टन भएकोले २१० बोरा चिनी लोड भएकै अवस्थामा बरामद भएका छन । स्रोतका अनुसार सीमा क्षेत्रबाट चिनी मोटरसाइकलमा ल्याई डम्पिङ गरि बाहिरी जिल्लामा पठाइने गरिन्छ । यस अघि बरामद चिनी पनि पोखरा लैजाने क्रममा नियन्त्रणमा लिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार