आफैंले प्रधानमन्त्री कार्यालय मातहत ल्याएका विभागसँग ओली असन्तुष्ट
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ११:२५:२७
१६ भदौ, काठमाडौँ । दोस्रो पटक प्रधानमन्त्री भएपछि ६ वर्ष अघि प्रधानमन्त्री कार्यालय मातहत ल्याएका शक्तिशाली विभागसँग अहिले केपी शर्मा ओली आफैं असन्तुष्ट भएका छन् । राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभागको कामप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
भदौ ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले विमानस्थलबाट सुन तस्करी हुँदा पनि पत्ता नलगाउने अनुसन्धान विभाग के काम भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठुलो राजश्व गुमाएको र बेथिति हुर्किएकाले अनुसन्धान विभाग मुकदर्शक मात्रै भएकोमा असन्तुष्टि जनाएका थिए ।
‘अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन । तपाईंहरु जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस् । कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस् । देशलाई बर्बाद हुनबाट जोगाउनुस् । जनतालाई आशा र विश्वास दिने काम गर्नुस, आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खानका लागि मात्रै राज्यका निकायहरू खडा गरेर राखिरहनु पर्छ भन्ने छैन’, प्रधानमन्त्री ओलीले भने । उनले अझ राम्रोसँग काम गरून् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्पष्ट पारेका थिए ।
स्वदेशमा युवाहरूले काम पाउने र सम्मानका साग गर्ने वातावरण हुने स्थितिका लागि सुशासन विकास र लोकतान्त्रिक मूल्य, मान्यताको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले लर्याङतर्याङ तरिकाले नभई जनताको समस्याको सम्बोधनका साथै विकास र समृद्धिको लक्ष्य हासिल गर्ने यात्रामा ढृढ र कटिबद्ध भएर प्रस्तुत हुन निर्देशन दिने क्रममा राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले अहिले गरिरहेका कामप्रति पनि असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सर्तकता केन्द्रलाई त खारेजी गर्ने वा मर्ज गर्ने गरी अघि बढाउने समेत बताएका थिए । काम नभएको कार्यालयको रुपमा चित्रण गर्दै सतर्कता केन्द्रको कार्यलाई दूध नदिने भैँसीको संज्ञा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार