करेन्ट लागेर एकजनाको मृत्यु, चार घाइते
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार २१:४५:५१
१७ भदौ, बैतडी । करेन्ट लागेर यहाँको पाटन नगरपालिका–६ डुङरामा एक महिलाको मृत्यु भएको छ । घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेको बेला छुट्टाउन गएका अन्य चार जना घाइते भएका छन् । स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन् ।
घरको भान्सा कोठामा मिटरबक्स राखिएको र सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएकोमा सोही तारमा करेन्ट प्रवाह भएको प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार