धान र कोदोबालीमा प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:५६:३९
१८ भदौ, म्याग्दी । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा प्रकोप देखिएको छ । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रका धानबालीमा गबारो र पश्चिमी लेकाली क्षेत्रमा कोदोमा खुम्रे किराको प्रकोप देखिएको हो । बालीमा प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।
यस वर्ष खेतमा रोपाइँ गरिसकेपछि मध्य भदौसम्म नियमित वर्षा भएकाले धानबाली राम्रो हुने आशामा किसान थिए । धानले गाँज हाल्ने बेलामा गबारोको समस्या देखापरेको बेनी नगरपालिका–२ का किसान रणबहादुर घिमिरेले बताए । गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने ।
मङ्गला गाउँपालिका–५ को छिसबाङको फाँट, मङ्गला गाउँपालिका–२ मा पर्ने रणबाङको फाँट र बेनी नगरपालिका–२ बगरफाँटको खेतमा पनि धानमा गबारोको समस्याले धानको गुबो मर्दै गएको किसानले बताएका छन् । धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छिसबाङका किसान गोमा थापाले बताए ।
कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्याउने गर्दछ । धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले आक्रमण गर्छन् । धानमा गबारो कीराको समस्या तीव्र रूपमा फैलने भएकाले धान केही दिनभित्रै नष्ट हुने कृषि प्राविधिक जगत बानियाँले बताए ।
“गबारो कीराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नष्ट हुन्छ”, उनले भने । धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सूक्ष्म तत्वको कमीले गबारो कीराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिक बताउँछन् ।
त्यसैगरी कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाँठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् । कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छभने यहाँको धानखेतीमा ढुसीजन्य रोग देखिएको छ ।
हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका–२ का किसान जगबहादुर विकले बताए । बालीमा रोग र किराको प्रकोप बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन् । विषादी छर्कंदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्ने उनीहरुको विश्वास छ ।
हालसम्म ५० रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे कीराको समस्याले सखाप भइसकेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलिएको प्राविधिकको भनाइ छ । आगामी दिनमा मकै लगाउने याममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सचेत गराइने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायत उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती गर्दै आएका छन् । कोदो भने स्थानीय जातको खेती हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार