अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार ७:५९:८
२० भदौ, काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।
अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो । यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए । राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार