अभिभावकले सहमति जनाएपछि मात्र सरकारले रसिया जाने विद्यार्थीलाई अनुमति दिने
नेपालबहस संवाददाता
भदौ २०, २०८१ बिहिबार १७:३९:४
२० भदौ, काठमाडौं । अब देखि रसीया अध्ययनका लागि जाने विद्यार्थीले अनिवार्य रुपमा अभिभावको सहमति देखाउनुपर्ने भएको छ । अभिभावकले प्रतिबद्धता नजाएका विद्यार्थीले सरकारबाट अध्ययन अनुमति पाउने छैनन् ।
बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसीया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययनका लागि रसीया जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिइने जानकारी गराइन् ।
रसीया र युक्रेनबीचको युद्धका कारण सरकारले रसीया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो ।
मन्त्री भट्टराईले रसियमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको बताइन् । उनले सरकारले अनुमति प्रदान गर्ने तर, त्यसअघि अभिभावक प्रतिबद्धता जानउनुपर्ने र विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने बताइन् ।
अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन् । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए । मन्त्रालयका अनुसार रसीयामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार