चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छः अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार ११:५६:३६
२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन् ।
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना दिँदै उनले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्ने बताएको हो ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै अध्यक्ष नेपालले यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने विभिन्न विभेद र महिला सशक्तीकरण लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
समतामूलक एवं प्रगतिशील समाज निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषण साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्याय तथा समानता कायम गर्न तिजले सबैलाई प्रेरणा प्रदान गर्ने विचार प्रकट गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै परम्परागत रूपमा प्रचलनमा रहेका संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार