आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १३:२७:४१
२२ भदौ, काठमाडौं । पाँच वर्ष अघि कोहलपुर इलाका प्रहरी कार्यालयको प्रमुख हुँदा खसी काण्डमा मुछिएका डीएसपी हेमबहादुर शाही अति आतंकवादी समूहसँग सम्बन्ध रहेको भनिएका महेन्द्रजंग शाहसँग देखिएपछि इन्टरपोलको खोजी सूचीमा परेका छन् । आईएसआईएस जस्तो अति आतंकवादसँग सम्बन्ध रहेका शाह मलेसिया र दुबई आउजाउ गरिरहेका बेला मलेसिया घुम्न गएका शाही र शाहको भेट हुँदा इन्टरपोलको खोजी सूचीमा परेका हुन् ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्तर्गत नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरको निगरानीमा रहेका शाह सम्बन्ध देखिएका नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएपछि नेपाल प्रहरीमा समेत हलचल पैदा भएको छ । मलेसियामा रहेका विवादास्पद पृष्ठभूमिका र आतंकवादी क्रियाकलापसँग जोडिएका कालीकोट स्थायी घर भई हाल मलेसियामा रहेका शाहसँग मलेसियासँगै देखिएपछि डीएसपी शाही अनुसन्धानमा तानिएको स्रोतले जनाएको छ । इन्टरपोलको एनसीबीले उनीहरुको सबै विवरण माग गरेपछि अनुसन्धानमा तानिएको खुलेको हो ।
एनसीबीले साउन ९ गते नेपाल प्रहरीलाई पत्राचार गरेपछि यो विषयमा प्रहरी प्रधान कार्यालयले समेत अनुसन्धान गरेको छ । साथै उनको सबै विवरण इन्टरपोललाई पठाइदिएको छ । ‘उनीहरूको गतिविधि के कस्तो छ ? कुनै आपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनु होला र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ’, सिंगापुर इन्टरपोलले नेपाल प्रहरीलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि प्रधान कार्यालयले पनि आन्तरिक रुपमा अनुसन्धान थालेको छ । २९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेपछि सबै विवरण पठाएको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका उनीहरुको विवरण मागेको हो ।
‘आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दीपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको थियो’, स्रोतले भन्यो । महेन्द्रजंग शाह गैर–आवासीय नेपाली संघ, मलेसियाको पूर्व अध्यक्ष हुन् । प्रहरी स्रोतका अनुसार, लामो समयदेखि मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दीपेन्द्रबहादुर शाह माओवादी केन्द्रका स्थानीय नेता भएको स्रोतले जनाएको छ । महेन्द्र र दीपेन्द्र नजिकका नातेदार हुन् । दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।
गत जेठ ३२ गते उनी महेन्द्रकै सहयोगमा १० दिने सिंगापुर भ्रमणमा गएका थिए । त्यहीबेला उनीहरूबीच मलेसियमा भेट भएको थियो । मलेसियाबाट सिंगापुर जाँदा सीमा क्षेत्रबाट महेन्द्रलाई सिंगापुर अध्यागमनले प्रवेश निषेध गरेपछि उनी इन्टरपोलको खोजी सूचीमा रहेको खुलेको थियो । महेन्द्रजंग शाहको सम्बन्ध रहेको भनेर शंका गरेको अतिवादी संगठन आईएसआईएस हो । आईएसआईएसको पुरा नाम स्लामिक स्टेट अफ इराक एण्ड सिरिया हो । अहिले यसलाई आईएस अर्थात केवल इस्लामिक स्टेट भनेर चिनिन्छ । खाडी मूलुक र अफ्रिकी मूलुकमा आईएसको ठूलो सञ्जाल बिस्तार भइसकेको छ ।
पाँच वर्ष अघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई नियन्त्रणमा लिएका डीएसपी हेमबहादुर शाही प्रहरी आचरण विपरीतका गतिविधिमा संलग्न भएका थिए । प्रहरी आचरण विपरीत बडाभोजका लागि खसी बोका माग्ने तथा आफूसँग असहमत पक्षलाई गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । अहिले उनै डीएसपी मलेसिया र सिंगापुर घुम्न जाँदा महेन्द्रजंग शाहसँग जोडिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार