सुत्केरी मृत्यु प्रकरणः सहमतिपछि शव पोष्टमार्टमका लागि पठाइयो
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १४:३९:३९
सञ्जय मिश्रा
२२ भदौ, रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका–५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्युबारे दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडामा शुक्रवार राती बसेको दुई पक्षीय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुइलाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्ने निर्णय भएपछि सहमति भएको थियो । सहमति लगत्तै गएराती ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।
द्विपक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, सुनिलकुमार यादव, ब्रिजकिशोर यादव, अनिलकुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सीडीओ नरेशकुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा मेयर जैसवालले नगरपालिकाबाट तत्काल दुइलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती बर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो । सुत्केरीपछि बढी रक्तश्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागी आज बिहान ६ बजे बिरगंज तर्फ रेफर गरेकोमा बिरगंजस्थित इन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो ।
चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोशी चिकित्सकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
चिकित्सकले सावधानी नअपनाएको कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले चिकित्सकलाई कारवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै मृतकको शव शिवनगर चौकमा शुक्रवार दिउँसो बाटो अवरुद्ध गरेका थिए ।
कुनै अप्रिय नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सैयौं जनशक्ति परिचालन गरिएको थियो । खटिएका प्रहरी जनशक्ती बाटो खुलाउन लागेपछि केही तत्वहरु शिवनगर स्थित स्वास्थ्य केन्द्रमा प्रवेश गरी स्टील दराज लगायत केही उपकरण तथा कागजातहरु बाहिर निकालेर आगजनी गरेका थिए ।
आगजनीबाट झण्डै १० लाख बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । आगजनी लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए ।
उनले छोरी जन्मिएकी थिइन् । सुत्केरी लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारको लागि बिहान वीरगन्ज रेफर गरिएको थियो । एक महिना अघि मात्र उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी अर्की एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको थियो ।
स्वास्थ्य चौकीमा एमबीबीएएस डाक्टरको व्यवस्थापन नगरी अहेव र अनमीले मात्र सुत्केरी गराउने हुँदा यस्ता दुःखद घटना भइरहेको स्थानीयले आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार