ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार २१:६:२८
२२ भदौ, काठमाडौं । टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि बन्दोबस्त, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा समेत सरसफाइ गरिएको छ ।
आज राति १२ बजेदेखि नै मन्दिर दर्शनका लागि खुला गरिने भएकाले वडाध्यक्ष बालकृष्ण महर्जनले मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरिएको जानकारी दिए । तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाइएको छ । भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइने छ ।
कुनै पनि भवितव्य तथा आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर र अशक्त तथा वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको वडाध्यक्ष महर्जनले जानकारी दिए । यस्तै, आइतबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार