सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार ८:१६:३९
२३ भदौ, काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ । यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो ।
स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा अवतरण भएको थियो ।
बोइङ कम्पनीले नासाका लागि यो अन्तरिक्ष यान बनाएको हो । जुन ५ मा सुनिता र बुचलाई आईएसएसमा पठाइएको थियो । यो केवल ८ दिनको मिसन थियो, तर यसको सुरक्षित फिर्तीमा समस्या आएपछि सुनिता र बुचलाई आईएसएसमै छोडेर यो यान पृथ्वीमा फर्किएको छ ।
अन्तरिक्ष यानमा हिलियम ग्यास चुहावट भएको जानकारी आएको थियो । नासाले अगस्ट २४ मा स्टारलाइनरमा सुरक्षा समस्याका कारण बुच र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउन नसकिने बताएको थियो । अब सुनिता र बुचलाई एलोन मस्कको कम्पनी स्पेसएक्सको क्रू ड्र्यागन स्पेसक्राफ्टले आगामी फेब्रुअरीमा मात्र फिर्ता ल्याइने बताइएको छ । नासाले भने अन्तरिक्ष यानमा भएको खराबी बारे नासा र बोइङबीचको संयुक्त टिमले अनुसन्धान गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार