नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले फर्काए जवाफ, आफूभन्दा मन्त्रालय र प्राधिकरण दोषी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १५:२२:३५
२३ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले निगम घाटामा जानु र अहिलेको अवस्था सिर्जना हुनुमा नेपाल नागरिक उड्यन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय उत्तिकै दोषी भएको बताएका छन् ।
निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएको लगायत प्रश्न गर्दै मन्त्रालयले अधिकारीलाई गत भदौ १३ गते स्पष्टीकरण सोधेका थिए । सरकारले सोधेको स्पष्टीकरणमा उनले २९ पृष्ठ लामो जवाफ पठाएका छन् ।
अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयसमक्ष आफ्नो जवाफ पेस गरेका हुन् । उनले पेस गरेको जवाफमाथि मन्त्रालयले अध्ययन गरिरहेको जनाएको छ । चाडपर्वको मुखमा निगमका सबै विमान ‘ग्राउन्डेड’ भएपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो ।
निगमका पूर्वकर्मचारी समेत रहेका अधिकारी अध्यक्ष भएपछि संस्था झन् धराशायी भएको, उडानमा रहेका अन्तर्राष्ट्रिय विमानमध्ये तीन ग्राउन्डेड र आन्तरिक उडानमा रहेका दुईमध्ये एक समेत थन्किएपछि सरकाले कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो ।अधिकारीले यसबारे मन्त्रालयलाई पठाएको जवाफमा नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको बताएका छन् ।
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको तर खरिद प्रक्रिया सोस्तरको नभएकाले निगम प्रतिस्पर्धी बजारमा कमजोर रहेको जवाफमा बताइएको छ । यसका लागि सरकारले खरिद विनियमावली सच्याउनुपर्ने आवश्यक रहेको अधिकारीको जवाफमा उल्लेख छ ।
सी चेकमा लामो समय लाग्ने, अतिरिक्त नियमित प्राविधिक समस्या आउने र मर्मत सम्भारका लागि आवश्यक पार्टपुर्जा किन्ने प्रक्रियागत झन्झटले नियमित उडानमा समस्या हुने गरेको अधिकारीको जवाफमा उल्लेख छ । निगमको ऋण तिर्न महँगो ब्याज तिनुपर्दा पनि एयरलाइन्स घाटामा गएको उनको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङमा गरेको सेवा शुल्क कटौतीले पनि आम्दानी घटाएको उनको जवाफ छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनिवार्य गर्दा आम्दानी घटेको अधिकारीको भनाइ छ । जवाफमा भनिएको छ, ‘गौतमबुद्धको उडानले गर्दा काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको उडान रद्द गर्नुपरेको र यसले आम्दानी गुमाउनुका साथै गलत सन्देश प्रवाह गरेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार