फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १६:१५:३२
२३ भदौ, काठमाडौं । दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो ।
काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ । छायांकनमा जानुभन्दा अगाडि नै आगामी माघको ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन् ।
युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्मातामा छन् । ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको यो फिल्मका छायाँकार कृष्णबहादुर थापा हुन् । फिल्मले सामाजिक विषयलाई रमाइलो शैलीमा भनेको छ । घरबेटी र डेरावालको कथामा आधारित भएर फिल्म बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक
भदौ ३१, २०८१ सोमबार
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने
भदौ २८, २०८१ शुक्रबार
दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु
भदौ २७, २०८१ बिहिबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
असोज १, २०८१ मंगलबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
असोज १, २०८१ मंगलबार
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
असोज १, २०८१ मंगलबार