फिल्म ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार १६:३९:३५
२३ भदौ, काठमाडौं । आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन) बाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘सिनेमा हेर्न जाउ’ बोलको गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपाल नृत्य गरेका छन् ।
अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको गीतमा भारतीय गायक नाकाश अजिजको स्वर छ । यो गीतका कोरियोग्राफर सुनिल क्षेत्री हुन् ।
फिल्ममा समीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा छन् । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, तारा शर्मा, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि ‘१२ गाउँ’मा अभिनय छ ।
फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
फिल्म ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक
भदौ ११, २०८१ मंगलबार
विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ सार्वजनिक
भदौ १०, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
असोज १, २०८१ मंगलबार
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
असोज १, २०८१ मंगलबार
बागमती प्रदेशसभाको बैठक असोज ६ गते बस्ने
असोज १, २०८१ मंगलबार
पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव
असोज १, २०८१ मंगलबार
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
असोज १, २०८१ मंगलबार
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
असोज १, २०८१ मंगलबार