लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार ११:४७:३४
२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।
क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ । क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्सयीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरि भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार