पूर्वश्रीमतीसँग मेरो सम्बन्ध छैन, आफूमाथि लगाइएको आरोपमा संसदीय छानबिन होसः धनराज गुरुङ
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १४:३६:३४
२५ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम हिनामिनासम्बन्धी आफूमाथि लागेको आरोप असत्य भएको बताएका छन् । उनले आफूमाथि छानबिन गर्न संसदीय छानबिन समिति आवश्यक देखिए बनाएर अनुसन्धान गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गुरुङले श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन, भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन ? विवाह गर्नु अपराध हो ? मिल्न नसक्नु अपराध हो ? भन्दै प्रश्न गरेका छन् ।
नेलशन मन्डेलाको पनि सम्बन्ध विच्छेद भएको उदाहरण दिँदै उनले भने, नक्कली भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ । १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु । गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताए ।
सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताए । सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोप्मुक्त भएको बताउदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
थुनछेक बहस नसकिएका कारण रवि लामिछाने केही दिन प्रहरी हिरासतमा रहने
पुष २९, २०८१ सोमबार
रविको थुनछेकमा सरकारी वकिलको बहस सकियो, जाहेरवालाबाट भण्डारी र त्रिपाठीको सुरु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार