त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २०:३०:१५
२५ भदौ, काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार