डेडिकेटेड तथा ट्रंक लाइनको शुल्क तत्काल उठाउन माग गर्दै रिट दायर
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २०:३४:५६
२५ भदौ, काठमाडौं । उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज दायर गर्नुभएको रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रङ्क लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउनेगरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम असुलउपर गर्नु गराउनु तथा असुलउपर गर्ने गराउने कार्यमा अवरोध नगर्नु, नरोक्नु, रोक्न नलगाउनु भनि परमादेशको आदेश माग रिट निवेदनमा गरिएको छ । साथै कानुनबमोजिमको बक्यौता रकम नतिर्ने तथा तिर्न ढिलाइ गर्ने विपक्षीलाई कानुनबमोजिम कारबाही गर भनी परमादेशको आदेशसमेत माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार