स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार २१:३३:३९
२५ भदौ, वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताएका छन् । आज यहाँ नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पारे।
“मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यक पर्ने जनशक्ति छैनन् । एकैपटक सय जना डाक्टर र नर्सको दरबन्दी सिर्जना गरेर सयौं जनशक्तिलाई नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन”, मन्त्री पौडेलले भने ।
उनले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताए । “देशैभरिका अस्पतालमा उपकरण भरिभराउ गराउ भन्ने रहर नभएको होइन । तर, अहिलेको आर्थिक अवस्थाले त्यो अनुसारको खर्च गर्नसक्ने अवस्था भने छैन”, उनले भने, “त्यसैले अहिले जेजस्तो पूर्वाधार छ, त्यसलाई नै व्यवस्थित गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।”
मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे । “नारायणी अस्पतालले आफैँ आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ”, उनले भने, “वीरगञ्ज जस्तो औद्योगिक र व्यापारिक सहरमा स्रोतको कुनै कमी छैन । त्यसैले पनि तपाईंहरुले अस्पताललाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुनेतर्फ आवश्यक योजना ल्याउन अनुरोध गर्दछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
माघ १, २०८१ मंगलबार
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
पुष २९, २०८१ सोमबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार