मधेशमै पहिलो पटक वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु
आबिद हुसेन
भदौ २६, २०८१ बुधबार १४:४०:२५
२६ भदौ, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ । मधेश प्रदेशमै पहिलो पटक वीरगञ्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट 'मेसु' डाक्टर एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसले नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच विस्तारित क्यान्सर उपचार सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरेका छन् ।
उक्त सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति लगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरण लगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ ।
नारायणाी अस्पतालका निमित्त मेसु डाक्टर हकले मंगलबार मन्त्री पौडेलले औपचारिक रुपमा अंकोलोजी वार्डको समुद्घाटन गरेसंगै क्यान्सर उपचार सेवा सञ्चालनमा आएको बताए । क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको उनले बताए । उनले मधेश प्रदेशमै क्यान्सरको पहिलो उपचार सेवा नारायणी अस्पतालमा सुरु गरिएको पनि बताए । यससँगै वीरगञ्जसहित मधेश प्रदेशका क्यान्सर रोगीलाई अब काठमाडौं, चितवन वा भारतमा जानुपर्ने बाध्यता हटेको डा। चालिसेको भनाई छ ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छन् । नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको डा। चालिसले जानकारी गराए । नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिदैं उनले भने, ‘नारायणी अस्पतालकै दुई जना नर्सलाई विशेषज्ञ तालिम दिएर पठाएका छौं ।’
यसका अतिरिक्त प्रत्येक महिना एक पटक भक्तपुर अस्पतालबाट नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएर क्यान्सर रोगको उपचारको विशेषज्ञ सेवा दिने पनि उनले बताए । नारायणी अस्पतालसँगै कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा प्रादेशीक अस्पताल सुर्खेत र सुदुरपश्चिमको सेती प्रादेशीक अस्पताल धनगढीमा क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याइसकिएको उनले जानकारी गराए ।
कार्यक्रममा बोल्दै स्वस्थ्यमन्त्री पौडेलले ७ वटै प्रदेशमा एक÷एक वटा अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सञ्चालन गर्ने सरकारको निर्णय अनुसार मधेश प्रदेशको नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गरिएको बताए । यसलाई निरन्तरता दिदै नारायणी अस्पतालमै अंग प्रत्यारोपण सेवा र मुटुको शल्यकृया सेवापनि छिट्टै सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको छ । त्यसका लागि मन्त्रालयले आवश्यक प्रकृया थालिसकेकोपनि उनले अवगत गराए ।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पौडेलसँगै प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा। मदनकुमार उपाध्याय, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपभक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
माघ १, २०८१ मंगलबार
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
पुष २९, २०८१ सोमबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार