अस्पताल र विभागका जग्गाको अनधिकृत प्रयोगबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १७:४४:३५
२६ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका तर, अरुले प्रयोग गरिरहेका जग्गा फिर्ता ल्याउने भएको छ । मन्त्रालय, विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाको जग्गाको खोजी गर्न एक समिति गठन गरेको छ । यस्ता जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयले मातहतका निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार समेत गरेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्रयासलाई सार्थक बनाउन सबै वर्ग तथा क्षेत्रको सहयोग आवश्यक भएको भन्दै मन्त्रालयले यस सम्बन्धमा केही सूचना भए जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाईल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगाना मा पठाई सहयोग गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । विभिन्न अस्पतालका जग्गा अनधिकृत रुपमा प्रयोग भइरहेको भन्ने उजुरी आउन थालेपछि मन्त्रालयले छनबिनका लागि समिति बनाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार