पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : प्रवक्ता महत
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १८:४६:२०
२६ भदौ, नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन् । बीपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताए ।
“पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ”, उनले भने, “पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनता समक्ष पु¥याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुनुपर्दछ ।”
वृक्षारोपण, रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिई यस्ता गतिविधि बढाउन उनले आग्रह गरे। तरुण दलको अगुवाइमा आयोजित वृक्षारोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उनले प्रशंसा गरे।
“दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बीपी कोइरालाले वृक्षारोपण र रक्तदान कार्यक्रममार्फत जनताको मन जित्नुभएको थियो”, प्रवक्ता महतले भने, “अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बीपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढावा दिनुपर्दछ ।”
जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उनले आह्वान गरे। नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उनले निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार