‘एक घर, एक धारा’ अभियानअन्तर्गत चौसट्ठी परिवारलाई खानेपानी वितरण
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार ११:२४:१५
२७ भदौ, तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न भएको हो ।
उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा रु ६० लाख, खहरे थुमथुमेमा रु नौ लाख र सङ्घीय सरकारले रु १० लाखमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यभित्र योजना सम्पन्न गरी घरघरमा पानी पु¥याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार योजना सम्पन्न पश्चात् वर्षैँदेखि पाँखाको तातो, नमिठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
“चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो”, अध्यक्ष गुरुङले भने, “करिब दुई महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ ।” तीनमध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको उहाँले जानकारी दिए ।
लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन् । अहिले घरघरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार