ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनः निर्माण
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १४:१३:३६
२७ भदौ, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनः निर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा वि.स २०७२ को गोरखा भूकम्पले असर पुर्याएको थियो ।
भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौंस्थित जर्मन राजदूतावासको सहयोगमा पुनः निर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए ।
“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत् राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,” उनले भने “पुन निर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरू छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झ्याङ राखिएको छ । गुफाभित्र बौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ ।
गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरू ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ ।
गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरू आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरू छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको रु ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।
भारतीय राजदुतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब रु पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताए । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ ।
चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो । गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई रु एक सय र विदेशीलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
असोज २, २०८१ बुधबार
पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
भदौ ३०, २०८१ आइतबार
बजेट अभावले रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ, लागत बढ्दै
भदौ २६, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
रविलाई विश्वप्रकाशको प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
असोज १, २०८१ मंगलबार
आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार
असोज २, २०८१ बुधबार
दशैं लक्षित अग्रिम टिकट खुलाउने विषयमा यातायात मन्त्रीको अग्रसरतामा छलफल
असोज २, २०८१ बुधबार
संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे
असोज २, २०८१ बुधबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
लिग-२ मा अमेरिकाले युएईलाई पराजित गर्यो
असोज २, २०८१ बुधबार