कोशी सरकारमा कोइराला पक्षले पाएन भाग
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १०:३६:१७
२८ भदौ, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएर मुख्यमन्त्रीलाई बुझाएको छ । मन्त्री बन्नेमा शेखर कोइराला पक्षबाट कोही पनि परेका छैनन् । कोशी प्रदेश कोइरालाको गृह प्रदेश हो । विवादकाबीच लामो समयपछि कांग्रेसले मन्त्रीको नाम टुंग्याएको हो ।
आन्तरिक विवादका कारण मन्त्री छान्न नसकेपछि कोशीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले तीन मन्त्रीसहित एक राज्यमन्त्रीको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई शुक्रबार बिहान बुझाएका हुन् ।
जसअनुसार प्रदेश महामन्त्री भूपेन्द्र राईको नेतृत्वमा मन्त्रीहरु सरकारमा जानेछन् । उनले भौतिक पूर्वाधार मन्त्रालय लिने बताइएको छ । भौतिक पूर्वाधार राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशी छन् । राई र राजवंशी दुवै कृष्ण सिटौला समूहका हुन् ।
उद्योग पर्यटन, वन मन्त्रालयमा सुनसरीका सदानन्द मण्डल छन् । उनी ज्ञानेन्द्रबहादुर कार्की र विजय गच्छेदारको कोटाबाट मन्त्री बनेको दावी गरिएको छ । पार्टी सभापति देउवाको कोटाबाट ताप्लेजुङका खगेनसिङ हाङमाङ उद्योग, कृषि र सहकारी मन्त्री बन्ने भएका छन् । यसमा शेखर कोइराला पक्षको भनिएका कोही पनि परेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार