रौतहटको मौलापुर नगरपालिका ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार २२:१६:२८
२८ भदौ, रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । मौलापुर ९ सोनरनियाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन ।
तालाबन्दी गर्नुअघि गाउँलेहरुले ब्यानर र प्लेकार्डसहित बिभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा गरेका थिए । केहिदिन अघि गाउँकै दलित महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न नमान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।
वडा अध्यक्ष साहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले घटनाबारे सत्य तथ्य बुझ्न गत ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो ।
तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेर यो घट्नालाई ढाकछोप गर्न लागेको भन्दै स्थानीयले बिरोध जनाएका छन् । नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोषी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने स्थानीयहरुले चेतावनी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार