झापामा चक्कु प्रहार गरी युवतिको हत्या
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार ८:५८:२३
२९ भदौ, झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
लोहारलाई पटक–पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
यसैगरी, शिवसताक्षी नगरपालिका–८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ । दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ । उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार