प्रधानन्यायाधीश प्रकरण: श्रीमतीसँगको सम्बन्ध देखाएर राउत रोक्ने र सपना ल्याउने रणनीतिमा ओली
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार ११:१९:८
२९ भदौ, काठमाडौं । यसपटक प्रधानन्यायाधीश सिफारिस प्रकरणले वर्तमान सत्ता समीकरणमा संकट ल्याउने संकेत देखिएको छ । संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदमा विपक्षीको साथ लिएर महिला प्रधानन्यायाधीश बनाउने रणनीति लिएका छन् । हालका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई श्रीमतीसँगको सम्बन्ध देखाएर रोक्ने उनको प्रयास छ ।
प्रधानमन्त्री ओली यो खेलमा साँप पनि नमर्ने र लौरो पनि नभाँचिने परिस्थिति सिर्जना गर्न खोजिरहेका छन् । यसको एउटा उदाहरण हो, प्रधानन्यायाधीश सिफारिस र संवैधानिक सुनुवाइ नसकिएसम्म रास्वपा र उपसभामुख इन्दिरा राना मगरलाई साथ लिनु । सत्ता गठबन्धन दलको बैठकमा उपसभामुख रानाविरुद्ध महाअभियोग लगाउने प्रस्ताव गरेका ओलीले परिषदको बैठकमा हावाको पछि नलाग्न भनेर ढाडस दिएका छन् । यसको कारण हो, उपसभामुख रानाले राउतको श्रीमती प्रकरणमा खुलेर विरोध गरुन ।
आफू खुलेर रोलक्रम अनुसार प्रधानन्यायाधीश सिफारिस हुनुपर्छ भन्ने तर, विपक्षीलाई राउतविरुद्ध उतार्ने ओली रणनीति छ । कांग्रेसका एक पदाधिकारी तहका नेताले नेपालबहससँग भने, प्रधानमन्त्री ओलीकै प्रस्तावमा उपसभामुख रानामाथि महाअभियोगको त्रास देखाएर राजीनामा गर्न बाध्य हुने गरी सांसदहरूलाई संसदमा बोल्न लगाइएको थियो । कांग्रेस र एमालेका सांसदहरूले संसदमा उपसभामुखले राजीनामा दिनुपर्छ भनेर आवाज उठाए । तर, ओलीले उपसभामुखलाई हल्लाको पछि नलाग्न भनेर सांसदहरूलाई बेवकुफ बनाउने काम गरे ।
श्रीमतीसँगको सम्बन्ध देखाएर ओलीले संवैधानिक परिषदबाट राउतलाई रोक्न नसके सुनुवाइमा अनुमोदन गर्न नदिएर सपनालाई फेरी सिफारिस गर्ने माहोल बनाउन खोजिरहेको कुरा उनका यी दुई दिनका क्रियाकलापले नै देखाइरहेको छ । किनभने संवैधानिक परिषद ऐन निष्क्रिय रहेकाले संवैधानिक परिषदले अल्पमत–बहुमतका आधारमा निर्णय लिन सक्ने अवस्था छैन । संविधानले निर्णय प्रक्रियाबारे स्पष्ट नगरेका कारण समस्या छ ।
ओलीको अघिल्लो कार्यकालमा अध्यादेश ल्याउँदा निष्क्रिय भएको ऐन अझैसम्म निष्क्रिय छ भने नयाँ विधेयक प्रतिस्थापन पनि गरिएको छैन । यही कारण हालका प्रधानन्यायाधीश श्रेष्ठसहित केही संवैधानिक पदाधिकारी नियुक्तिका लागि सर्वसम्मतिमै सिफारिस गरिएको थियो । यो पटक पनि सर्वसम्मतिमै गर्नुपर्छ । तर, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कुरामा रास्वपा र माओवादीले साथ नदिने सम्भावना छ । ओली पनि यही परिस्थिति बनाउन प्रयास गरिरहेका छन् ।
शुक्रबारको परिषद बैठकमा उपसभामुख रानाले वरिष्ठताका आधारमा मात्र प्रधानन्यायाधीश छनोट गर्न उचित नहुने भन्दै व्यक्तिका सबै पक्षमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र निर्णय लिनुपर्ने बताएकी थिइन् । उनले यसअघि निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्दा संवैधानिक परिषदमाथि नै प्रश्न उठेको भन्दै उपसभामुख रानाले प्रधानन्यायाधीशका सबै उम्मेदवारको विस्तृत विवरण संकलन गरेर पर्याप्त छलफल र छानबिन गर्नुपर्ने बताएकी थिइन् ।
उनले श्रीमतीसँगको सम्बन्ध कारण राउत विवादित रहेको प्रसंग उठाएकी थिइन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि यसमा साथ दिएका थिए । बैठकमा राउतको दाम्पत्य जीवनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राउत असल मान्छे भएको र प्रधानन्यायाधीश सिफारिस गर्न उचित हुने बताएका थिए । घरायसी समस्यालाई लिएर प्रधानन्यायाधीश बन्नबाट रोक्न नहुने श्रेष्ठको भनाइ थियो । संवैधानिक परिषदले तीन जनाको नाम सिफारिस गर्नुपर्छ ।
यसअघि दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने पालोमा पनि यसरी नै उनलाई रोकिएको थियो । त्यतिबेला पनि संवैधानिक परिषदका अध्यक्ष ओली नै थिए । परिषदले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणालाई सिफारिस गरेको थियो । सामान्य सर्टिफिकेटको त्रुटीमा जोशीलाई सुनुवाइ समितिले नाम अनुमोदन गर्न अस्वीकार गरेको थियो । सो समयमा पनि ओली जोशी र मिश्रलाई हटाएर राणालाई नै प्रधानन्यायाधीश बनाउन चाहन्थे । किनभने राणा र यति समूहको सम्बन्ध राम्रो थियो । तर, यो परिस्थिति अलग छ, भोलि राउतकै कारण कांग्रेस एमाले सम्बन्धमा संकट आउन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार