२०८४ को निर्वाचनमा ओलीको आंकलनः एमालेलाई एकल बहुमत, माओवादीले थ्रेसहोल्डसम्म कटाउला ?
नेपालबहस संवाददाता
भदौ २९, २०८१ शनिबार १३:५२:६
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा नेकपा माओवादीले राष्ट्रिय पार्टीको मान्यता पाउन (थ्रेसहोल्ड) मुस्किल हुने दावी गरेका छन् । उनले माओवादीले अहिलेदेखि मिहिनेत गरे थ्रेसहोल्डसम्म कटाउन सक्ने बताए । ५ लाख भोट जम्मा गर्न माओवादीलाई मुस्किल हुने ओलीको भनाइ छ ।
शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीले पनि भोट खाइदिने भएकोले होसियार र सक्रिय हुन आग्रह गरे । एमालेले एकल बहुमत ल्याउने दाबी गरेका ओलीले माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको बताए । अहिले शीतलता, उदासीनता, जिम्मेवारी बोधको कमी र अलिकति भ्रम रहेको बताए ।
उनले भने, ‘कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने त्यस्तो विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन । हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन । हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन, त्यसै कारणले हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ । त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ ।’
जनतामा विश्वास जगाएर अबको निर्वाचनमा पहिलो दल बन्ने गरी अघि बढ्न आग्रह गरे । सबै एकनासको अवस्था नहुने र सधैँ अवसरमा पनि नआउने उल्लेख गरे । उनले भने–‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक दल खानकै लागि जन्मिएको पार्टी भएको बताए । अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई उनले निर्देशन दिए । उनले भने–‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’
उनले अहिले आन्दोलनकारी प्रवृत्ति एकदम घटेको बताउँदै जनताको बहुदलीय जनवादको सरकार भएको उल्लेख गरे । उनले बहुदलीय जनवाद कहिल्यै पुरानो नरहने उल्लेख गरे । राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको थिएन, उनले भने । अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन । राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे । अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन्, ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार