पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार १७:५:७
३० भदौ, पर्सा । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ ।
पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान(पिलर)लाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए । “पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ”, उनले भने, “तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ ।” प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताए ।
सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी भने नरहेको स्पष्ट पारे । “तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ”, उनले भने, “सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।
उनले बाराको सिम्रनगढदेखि पर्सा जिल्लाको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाएको बताए । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वर्षौँदेखिको जीर्ण पुल भएकाले पनि मर्मतसम्भारभन्दा पनि नयाँ पुल निर्माण गर्दा राम्रो हुने बताउँछन् । “स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ”, उनले भने, “पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार