संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार २१:५९:५८
३० भदौ, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो ।
कन्सर्टका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस महत्वपूर्ण कन्सर्टको आयोजना नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने अवसर भएको बताए । “यो कन्सर्टले देशभक्तिपूर्ण भावना जगाउनाका साथै हाम्रो सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ । नागरिक सहभागिता बढाउँदै, सबैलाई राष्ट्रप्रति गर्व गर्ने अवसर प्रदान गर्न यसले सहयोग गर्नेछ,” सचिव पुस्करले भने ।
त्यस्तै, बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले पत्रकार सम्मेलनमा कन्सर्टको उद्देश्य देशभक्ति भावना जगाउने बताउँदै यस अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक सङ्गठन, नागरिक समाज, कलाकार र सर्वसाधारणको सहयोगले कन्सर्टलाई सफल हुने धारणा व्यक्त गरे ।
सम्मेलनमा गायिका कुन्ती मोक्तानले कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत हुने गीतसङ्गीत प्रस्तुत हुने जानकारी गराउँदै यो कार्यक्रम कला, साहित्य र राष्ट्रियता उत्सवका साथ मनाउन महत्वपूर्ण अवसर भएको बताइन् ।
कार्यक्रममा कवि विपना अधिकारीले सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई कला र साहित्यले झल्काउने प्रयास यो कन्सर्टले गर्ने धारणा राखिन् । त्यस्तै, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय पहिचान र एकतालाई सुदृढ बनाउने उद्देश्यले कन्सर्ट आयोजना गरिएकामा खुसी व्यक्त गर्दै सबको सहभागिताका लागि आह्वान गरे । कन्सर्टमा कुटुम्ब, इलिमेन्ट्सलगायतका चर्चित ब्यान्डको साङ्गीतिक प्रस्तुति रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार