बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार ९:५०:१६
३१ भदौ, नेपालगञ्ज । बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ ।
केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनले भने, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।”
प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताए । जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उनको भनाइ छ ।
विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताए ।
जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ ।
रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताए । उनले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार
लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा
असोज २, २०८१ बुधबार
‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार
लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा
असोज २, २०८१ बुधबार
ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
असोज २, २०८१ बुधबार
प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क प्रस्थान गर्ने
असोज २, २०८१ बुधबार
‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी
असोज २, २०८१ बुधबार