डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १२:११:२७
३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा डीएसपी इन्चार्ज जाने कार्यालयहरू ३० वटा भएपनि एक सयभन्दा बढीले सरुवाका लागि गृहमन्त्रालय धाउन थालेका छन् । केही जिल्ला इन्चार्ज र काठमाडौंका स्वयम्भू, कालिमाटी, बानेश्वर लगायतका वृत्तपनि खाली हुँदै गरेकाले त्यहाँ जान सयभन्दा बढीले गृहमन्त्रालयमा पुगेर दावी गरिरहेका हुन् ।
कांग्रेस एमालेको संयुक्त सरकार सञ्चालन भएका बेला डीएसपीहरू दुवै दलका नेताहरूलाई भेटेर शक्ति भिडाउन लागि परेका हुन् । प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसाबले तराई, पहाड, हिमाल र सुविधाको हिसाबले शहरी -ग्रामीण तथा सुगम -दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिने उल्लेख गरिएको भएपनि डीएसपीहरूले नयाँ गृहमन्त्रीलाई प्रभावमा पार्न खोजिएको छ । ‘केही दिनमै डीएसपीको सरुवा हुनेछ’, स्रोतले भन्यो । सरुवाको विषयमा गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्त कुँवरबीच कुराकानी भएपनि मापदण्ड नपुगेकाले पनि मन्त्रालयको सोर्स लगाउन आएपनि गृहले केही दिन रोक्न खोजेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीले हालै जारी गरेको मापदण्डमा विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरूमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाइने - सरुवा गरिने छैन । कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन । स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव श्रृजना गरी सरुवा - काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्याङ्कन गरी सरुवा गरिने जनाइएको छ ।
सामान्यतया कार्यालय प्रमुखको रुपमा १ बर्ष सेवा अवधि पुरा गरेपछि अन्यत्र सरुवा गरिनेछ । कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमान्ड, तालिम, अनुभवलाई पनि ख्याल गरिने भन्ने मापदण्डलाई पनि अहिलेको अवस्थामा मिच्न खोजिएको भन्दै गृहमन्त्रालयले केही दिन रोक्न निर्देशन दिएको छ । तर एआईजी भीम ढकाल काठमाडौंबाहिर जाने भएकाले डीएसपी सरुवामा हतार गरिएको स्रोतको दावी छ । एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समयअन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गर्न लागिएको पनि स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार