झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १३:१७:३८
३१ भदौ, झापा । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उनले बताए । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ”, उनले भने ।
अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उनले जानकारी दिए । धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडिमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताए । रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उनले बताए ।
झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ । गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूनाखेती गरिएको छ ।
किसानलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध छन् ।
कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ सेन्टर’मार्फत यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताए । यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।
किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रु पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
असोज २, २०८१ बुधबार
पश्चिम म्याग्दीका किसान कोदो खेतीतिर आकर्षित
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार
लाखेनाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा
असोज २, २०८१ बुधबार
ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
असोज २, २०८१ बुधबार
प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क प्रस्थान गर्ने
असोज २, २०८१ बुधबार
‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी
असोज २, २०८१ बुधबार