साङ्घाईमा ७५ वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी र व्यापक हावाहुरीसहित मुसलधारे वर्षा
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार १६:२:१९
३१ भदौ, काठमाडौं । चीनमा आएको यस वर्षको १३ औं आँधी ‘बेबिन्का’ सोमबार बिहान ७ः३० बजे साङ्घाईमा अवतरण गरेको छ ।
साङ्घाई केन्द्रीय मौसम विज्ञान वेधशालाका अनुसार आँधीको केन्द्र नजिकै पुदोङ जिल्लाको लिङ्गाङ क्षेत्रको समुद्री किनारमा अवतरण भएको छ । साङ्घाइमा अवतरण गर्ने समयमा आँधीको अधिकतम शक्ति ४२ मिटर प्रति सेकेण्डसम्म पुगेको बताइएको छ ।
साङ्घाईमा ७५ वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी मानिएको ‘बेबिन्का’ का कारण व्यापक हावाहुरीसहित मुसलधारे वर्षा भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा आँधीका कारण रूखहरु ढलेको र बत्तीका खम्बाहरु ढलेको देखिएको छ । मध्य–शरद ऋतु पर्वको तीन दिने बिदाको सोमबार दोस्रो दिन हो । साङ्घाईका अधिकारीहरूले त्यहाँका बासिन्दालाई अति आवश्यक नपरेसम्म घरभित्रै बस्न सल्लाह दिएका छन् ।
चीनको मौसम विज्ञान प्रशासनको ‘साङ्घाई टाइफून इन्स्टिच्युट’का उपप्रमुख ताङ जीले आँधीको प्रभाव सोमबार रातिसम्म तीव्र रहने बताए । राज्यको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले आइतबार पूर्वी चीनको अनहुई प्रान्तका लागि चौथो तहको आपतकालीन प्रतिक्रिया सक्रिय पारेको छ भने साङ्घाई र झेजियाङमा प्रतिकार्यलाई तेस्रो तहमा पुर्याएको छ ।
‘बेबिन्का’ का कारण साङ्घाईमा उडानहरू रद्द भएका छन् शहरका यात्रुबाहक पानीजहाजको आवागमनलाई रोकिएको छ । साङ्घाई रेलवे स्टेसनले पनि आइतबारदेखि सोमबारसम्म शहर भएर जाने विभिन्न रुटमा यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।
“साङ्घाई डिज्नील्याण्ड, डिज्नीटाउन र विशिङ स्टार पार्क सोमबार बन्द रहेका छन् र दुई रिसोर्ट होटलले आन्तरिक पाहुनालाई सेवा प्रदान गरिरहेका छन्,” साङ्घाई डिज्नी रिसोर्टले एक विज्ञप्ति जारी गरी दिएको जानकारीमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार