परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार २१:१०:३७
३१ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।
सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गगर्ने कार्यक्रम रहेको छ । सो बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्ने छिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुने छिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।
अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने छिन् । मन्त्री डा राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्ने छिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्ने छिन्। मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार