विश्वकप लिग-२ : क्यानडासँग नेपालको लज्जास्पद हार
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार ६:५०:४२
१ असोज, काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो ।
नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भिम सार्कीले १८, गुलशन झाले १५, कुशल मल्लले १२ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६ रन बनाएका थिए ।
त्यसैगरी क्यानडाका बलर डिलोन हेयलिगेरले सर्बाधिक ५ विकेट लिएका थिए भने अखिल कुमार र अंश पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै साद बिन जफरले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस कृतनले सर्वाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी र ललित राजबंशीले २-२ तथा सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए । यो जितपछि क्यानडाले लिग-२ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको भने लिग-२ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौं स्थानमा छ । अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार