कार्यकक्षमा दक्षिणपूर्व मोहोडा बनाएर बस्ने मन्त्री वा प्रमुखहरू क्षणिक ऊर्जावान् भएपनि दिगो नहुने
रासस
असोज १, २०८१ मंगलबार ११:४४:७
भरतमणि ज्ञवाली (रासस)
१ असोज, काठमाडौं । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर ‘वास्तुविज्ञान डटकम’ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । यसलाई जनस्वास्थ्य जस्तो चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी छ ।
वास्तु विज्ञानको अनुगमन टोलीले प्रशासनिक वास्तुका आधारमा मन्त्रालयको मुख्य मुख्य स्थानलाई प्राथमिकतामा राखेर प्रारम्भिक अनुगमन गरेको छ । अनुगमन टोलीका अनुसार मन्त्रालयको समग्र निर्माण प्रक्रियाको नक्साङ्कन प्राप्त भएको छैन । प्रारम्भिक अनुगमनमा मन्त्रालयको मूल प्रवेश, भित्री मुख्य प्रवेश, मन्त्रीको कार्यकक्षको अवस्था, सचिवहरूको कार्यकक्ष, शौचालयहरूको अवस्थालगायतलाई प्राथमिकतामा राखी वास्तुदोष भए–नभएको परीक्षण गरेको छ । त्यसैगरी मन्त्रालय भवनको अवस्था, त्यहाँ प्रयोग भएको रङ, पानी, फोहोर पानी तथा ढलको निकास, सिँढीहरूको स्थान, भवनको ब्रह्मस्थान, बैठक कक्ष, मन्त्री–सचिव–विभागीय प्रमुखहरूको बसाइ तथा दिशाको अध्ययन गरेको छ ।
मन्त्रालय पूर्वाभिमुख रहेकाले मुख्य प्रवेशलाई सकारात्मक मान्न सकिए पनि मन्त्रीको कार्यकक्ष दक्षिणपूर्वमा छ । सामान्यतः दक्षिणपूर्वका प्रमुखहरू क्षणिक ऊर्जावान् देखिए पनि दिगो नहुने गरेको पाइन्छ । मन्त्रालयको शौचालयको अवस्था सकारात्मक नदेखिएकाले कर्मचारीमा उत्साह र उमङ्ग न्यून देखापर्छ । शौचालयले नै मन्त्रालयको प्रमुख वास्तुदोष उत्पन्न गरेको छ ।
बाहिरी प्रवेश र भित्री प्रवेशको प्रत्यक्ष अर्थात् आमनेसामने हुनु पनि वास्तुशास्त्रले सकारात्मक मान्दैन । मन्त्रीको कार्यकक्ष भवनको आग्नेय क्षेत्रमा छ । यस क्षेत्रले ऊर्जावान् बनाए पनि समग्र मन्त्रालयभित्र वर्चस्व कायम राख्न सहयोग गर्दैन ।
सचिवको कार्यकक्ष पनि पूर्वीभागमै छ । वास्तु सिद्धान्तअनुसार प्रशासन चलाउने उच्च कर्मचारीको अवस्थालाई मन्त्रालयमा ख्याल राखिएको छैन । अतिरिक्त सचिवको कार्यकक्ष भने पश्चिमी भागमा छ । यसले त्यहाँको जिम्मेवारी पाउने अतिरिक्त सचिव अन्यभन्दा प्रभावशाली रहेको पाइन्छ । यसको प्रभाव मन्त्रालयले भोग्दै आएको छ । विगतदेखि नै केही सचिवहरू अनावश्यक विवादमा पर्नाको महत्त्वपूर्ण कारक मन्त्रालयको वास्तुदोष भएको ‘वास्तुविज्ञान डटकम’ को निष्कर्ष छ । पूर्वी इशान क्षेत्रका शौचालयका कारण उच्चपदस्थ कर्मचारीमा समन्वय र सहयोगको वातावरण कम हुन्छ ।
सामान्यतया वास्तुशास्त्रले निर्माणमा मात्र जोड दिँदैन । यसले निर्माण गरिएका भवनको साजसज्जा, कर्मचारीको कार्यक्षेत्रका आधारमा दिशाहरूको चयन, टेबल र कुर्सीको अवस्था, विद्युतीय उपकरण, रङरोगनलगायतलाई विशेष ख्याल राख्न सिफारिस गर्छ । भवनको ऊर्जालाई पञ्चतत्त्वको सन्तुलनले व्यवस्थित गरिनुपर्छ जसबाट कार्यालयको वातावरण अनुकूल भई कर्मचारीबिचमा मित्रवत् र सद्भाव कायम राख्न मद्दत गर्छ र लक्षित लाभ प्राप्त सहज हुन्छ ।
मन्त्रालय मुख्यप्रवेश नजिक अनावश्यक पार्किङ या अन्य सामान राखिनु राम्रो मानिँदैन । भवनको ब्रह्मस्थान सकेसम्म खाली होस् भन्नेमा ध्यान दिनुपर्छ । भूमिगत जलस्रोत वा पानीका लागि पूर्वी दिशा शुभ मानिए पनि स्वास्थ्य मन्त्रालयको पूर्वी भागमा प्रायःजसो ढलको फोहोर पानी जमेको पाइन्छ जसले वास्तुदोष सिर्जना गरेको छ ।
मन्त्रालयको पूर्वी भागको सडक अग्लो भइसकेकाले मन्त्रालयमा पूर्वी ऊर्जा जति सकारात्मक हुनुपर्ने हो नभई कमजोर छ । वास्तु सिद्धान्तअनुसार मन्त्री, सचिव, सहसचिव तथा विभागीय प्रमुख एवं निर्देशकहरू कार्यालयको दक्षिणपश्चिम दिशामा पूर्वाभिमुख भएर व्यवस्थित गरिनुपर्छ तर सो मन्त्रालयमा मन्त्री तथा सचिवको कार्यकक्ष पूर्वीभागमा छ । इशानको शौचालयपूर्वको कार्यकक्ष यी पक्ष वास्तुदोषको उपज हो । चमेना गृहलाई पूर्वदक्षिण वा उत्तर–पश्चिम दिशामा, सिँढीलाई दक्षिण, पश्चिम वा दक्षिणपश्चिम दिशामा र मन्दिर या पूजा कोठा पूर्वाेत्तर दिशामा व्यवस्थित गरिनुपर्छ ।
राजा महेन्द्रका पालामा विदेशबाट वास्तुशास्त्री ल्याएर बनाएको भनिएको सो मन्त्रालयले वास्तुविज्ञानको मान्यतालाई व्यावहारिक प्रयोगमा ल्याउँदा परिणाम सकारात्मक आउने छ । सरकारले आफ्नो कार्यक्षमतामा सकारात्मकता ल्याउन वास्तुविज्ञानको सिद्धान्तलाई अपनाउनु अनिवार्य छ । सरकारले आफ्ना मातहतका कार्यालयलाई वास्तुविज्ञानका सिद्धान्तअनुरूप परिमार्जन गर्नु जाती हुने छ ।
(लेखकको यो निजी विचार हो)
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपएचएमपिभी भाइरस र हाम्रो अवस्था
माघ १, २०८१ मंगलबार
नेपालको मौलिक स्वस्थानी व्रत र त्यससम्बन्धी कथालाई कसरी लिने ?
माघ १, २०८१ मंगलबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार