यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
रासस
असोज १, २०८१ मंगलबार ११:५९:५१
१ असोज, काठमाडौं । यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन संघले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा विसं २०१६ अजोज २ गते संघको स्थापना भएको थियो । नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी एवं पुरानो संस्था संघले हाल ३१ जिल्लामा रहेका आफ्ना सेवा केन्द्रमार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्फत समुदायमा आफ्ना सेवा पुर्याइरहेको छ ।
संघद्वारा जारी विज्ञप्तिका अनुसार संघले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार संघले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ‘११औँ राष्ट्रिय परिवार योजना दिवस’ तथा ‘६५औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवस’ मनाउन लागेको हो । यस वर्षको परिवार योजना दिवसको नारा ‘सुसूचित छनौटसहितको परिवार योजना सेवाः प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ भन्ने रहेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापित संघले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्य संघका रुपमा कार्यरत रहेको छ ।
संघले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाको अधिकांश हिस्सा ओगटेको छ । तथ्याङ्कअनुसार संघले सन् २०२३ मा करिब ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवा प्रदान गरी करिब एक लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यु, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पुर्याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,“सुरक्षित गर्भपतन सेवामा संघले १४ प्रतिशत योगदान पुर्याउँदै आइरहेको छ । संघले, यौन तथा प्रजनन सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणबाट जोगाउन पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा सञ्चालन गर्दै आइरहेको छ । संघले आगामी वर्षमा थप चार लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।”
संघले विपद् तथा कोरना महामारीका अवस्थामा पनि प्रभावित जनसमुदायमा न्यूनतम् आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ । विसं २०८० को जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ४६ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । ती शिविरमा एक लाख पाँच हजार व्यक्तिलाई ५५ हजार ६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवम् आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । संघले विपद्को बेलामा गरेको सो उत्कृष्ट सेवालाई कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदरपत्रले सम्मान गरेको जनाइएको छ ।
नयाँ रणनीतिक योजना
संघले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेको छ । यसमा परिवार नियोजन, योजनाका साथसाथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत वृत्तिविकास र दिगोपना जस्ता मुख्य स्तम्भ रहेका छन् । यी स्तम्भमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रम अगामी ५ वर्षसम्म विस्तार गर्दै सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पुर्याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ ।
संघले उपलब्ध गराएको विभिन्न सेवा सङ्ख्या अन्तर्गत सन् २०१७ मा ३० लाख ९४ हजार, सन् २०१८ मा ३० लाख ६० हजार, सन् २०२० मा ३२ लाख ४५ हजार, सन् २०२१ मा ३५ लाख ९७ हजार, सन् २०२२ मा ३८ लाख ६० हजार, सन् २०२३ मा ३५ लाख ९६ हजार रहेका विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा
विज्ञप्तिमा भनिएको छ, “परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग, 'पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत' गर्भवती जाँच, बाँझोपना, यौन सङ्क्रमण तथा एचआइभी परीक्षण तथा परामर्श , लैङ्गिक हिंसा तथा खोप र अन्य प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवा जारी रहेका छन् । आगामी दिनमा विशेषगरी महिला तथा किशोरी जीवनस्तर माथि उकास्ने यस्ता सेवा प्रदान गर्न अनवरत तल्लीन रहने छौँ । ” यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारीका लागि संघले निःशुल्क हेल्प लाइन सेवा १६६००१४५००० सञ्चालन गरिरहेको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपभक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
माघ १, २०८१ मंगलबार
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
पुष २९, २०८१ सोमबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार