रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १२:३६:१९
♦ सञ्जय मिश्रा
१ असोज, रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी रौतहटको आयोजनामा गरुडा नगरपालिका–५ महम्मदपुरस्थित गोपाल सेवा समिति धर्मशालामा पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी लगायत दलबाट दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका हुन् ।
नव प्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरू रहेका छन । विभिन्न कारण देखाउँदै पार्टीबाट असन्तुष्ट भइ अन्य पार्टीमा गएका उनीहरू फेरी आफ्नै पुरानो घर जसपा नेपालमा फर्केका हुन ।
माधवनारायण नगरपालिका–२ का पूर्व वडा अध्यक्ष हनुमान सहनी, वडा ६ का वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव, नेता चन्देश्वर साह तेली, दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्षका प्रत्यासी रमेश महतो, माधवनारायण नगरपालिका–३ का रामइश्वर यादव सहित दर्जनौं नेता कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा स्वागत गरेको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रियको निर्णय अनुसार चार महिने जनतासँग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विभिन्न नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएर संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा जुटिसकेको युवा नेता राजकुमार दासले बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष गोविन्द चौधरी,जसपा नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव,पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य राम किशोर यादव, विश्वनाथ पटेल, मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी, प्रदेश सांसद सोभा देवी साह, पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद भन्ने शेख फुलबाबु, केन्द्रीय सदस्य किरण ठाकुर लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल
असोज ३, २०८१ बिहिबार
९ वर्षपछि सर्वसाधारणका लागि खुल्यो धरहरा, आज निःशुल्क चढ्न पाइने
असोज ३, २०८१ बिहिबार
शीर्ष तहबाट जवाफ नआएपछि १७ राजदूतको संसदीय अनुमोदन अन्योलमा, आज समितिको बैठक
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?
असोज ३, २०८१ बिहिबार