सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १६:४३:१३
१ असोज, पर्सा । प्रहरीले सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मण वा भन्ने २१ वर्षे ओमकुमार पटेललाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर, ह्वाट्सएप लगायतमा ‘किङ्स अफ पर्सा’मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरेर डर त्रास सिर्जना गरेकाले पक्राउ गरेको जानकारी दिए ।
‘‘पक्राउ परेका पटेलले अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेकाले नियन्त्रणमा लिएका हौँ,’’ उनले भने, ‘‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।’’ सो कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार