विश्वकर्मा पूजा : हिन्दू संस्कृतिमा श्रमिक प्रतिको सम्मान र महत्व
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार १९:०:५७
१ असोज, काठमाडौं । राष्ट्रिय एकता अभियानले विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान र हिन्दू संस्कृतिमा श्रमिकको महत्वलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । अभियानको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रमुख वक्ता अरुण कुमार सुवेदीले विश्वकर्मा पूजाको सांस्कृतिक महत्व र श्रमिक दिवससँग यसको सम्बन्धबारे चर्चा गरेका थिए ।
उनले हिन्दू संस्कृतिमा श्रमिकको सम्मानलाई अत्यधिक महत्त्व दिइएको र त्यसको प्रत्यक्ष उदाहरण भगवान विश्वकर्मा भएको बताए । भगवान विश्वकर्मा श्रमिकको प्रतीक भएको र यसैले विश्वकर्मा पूजा वास्तवमा श्रमिक पूजाको नै स्वरूप हो, उनले भने। उनका अनुसार हाम्रो सांस्कृतिक मान्यतामा श्रमिकका रुपमा भगवानको पूजा हुने गर्वको विषय हो।
तथापि, सांस्कृतिक अतिक्रमणको प्रभावस्वरूप हामीले पश्चिमी मान्यता अनुरूपको मई दिवसलाई अपनाउनुपर्ने बाध्यता छ, जुन दुर्भाग्यको कुरा हो। यसलाई परिवर्तन गर्दै, हाम्रो संस्कृतिमा आधारित श्रमिक दिवसको प्रचार(प्रसार गर्नु आवश्यक छ।”
कार्यक्रममा अभियानका वरिष्ठ नेता बिपी यादवले हिन्दू संस्कृतिमा श्रमिकको योगदानलाई उजागर गर्नका लागि विश्वकर्मा पूजाको महत्त्वलाई अझै गहिरो ढंगले बुझ्नुपर्ने आवश्यकता औंल्याए ।कार्यक्रमका अन्त्यमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विश्वकर्मा पूजालाई श्रमिक पूजाका रुपमा मनाउने परम्परालाई प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अभियानको तर्फबाट आगामी वर्षदेखि यस पर्वको प्रचार(प्रसारलाई व्यापक रूपमा गर्ने योजना रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार